Type Here to Get Search Results !

बित्तिय साक्षेरता कार्यक्रम सम्पन्न

काभ्रे माघ २९ स्वरोजगार लघुवित्त बित्तिय संस्थाको शाखा कार्यालय बनेपामा आज बित्तिय साक्षेरता कार्यक्रम संम्पन्न भएको छ I केन्द्रिय कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमलाइ शाखा कार्यालय बनेपाले संयोजक गरि पाचखाल १ पदारी चौरमा संम्पन्न गरेको छ ।
उक्त बित्तिय साक्षरता कार्यक्रमको सहजीकरण नेपाल राष्ट्र बैंकको पूर्व कर्मचारी श्रीमती उमा जोशी बोहोराले गर्नु भएको थियो I उक्त कार्यक्रम मा ८५ जनाको उपस्थितमा यसै संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री मनोज कृष्ण उप्रती ज्यूको प्रमुख अतिथिमा यसै संस्थाको सुचना तथा प्रबिधि बिभाग प्रमुख श्री कृष्ण प्रसाद दुवाडी शाखा प्रबन्धक केशब कंडेल कर्मचारीहरु सबिन पाण्डे,सुरज राई र दुर्गा घिमिरेको उपस्थित रहेको थियो ।
आम्दानी,खर्च,कर्जा ,आय कर योजना, बिमा ,बचत, लगानी आदि जस्ता महत्वपूर्ण बित्तिय परिभाषाहरु बुझी उचित निर्णय लिन सक्ने क्षेमताको विकास गरि सिमित स्रोत साधनहरुको उतम सदुपयोग गर्न सक्ने ज्ञानको विकासनै बित्तिय साक्षरता हो भनि उक्त बिषयमा छलफल गरिएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.