Type Here to Get Search Results !

अक्सिमिटर के हो र किन प्रयोग गर्ने ?

 

अक्सिमिटर के हो र किन प्रयोग गर्ने ? 


 

आज प्रायःजसो प्रयोग हुने अक्सिमेटरहरूलाई पल्स अक्सिमिटरहरू भनिन्छ । यसले मुटुको धड्कनको मात्रा समेत परीक्षण गर्छ ।

शरीरमा कुनै पनि रोग लागेको  बेलामा अक्सिजनको अभावले धेरैले ज्यान गुमाउनु पर्ने जोखिम बढिरहेको बेला शुरुमा नै अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा यसको परीक्षण गरिरहनु उचित हुने छ ।

यो प्रविधिमार्फत् गरिने परीक्षणले हृदय र फोक्सोको कार्यलाई कुनै असर परेनपरेको र रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिन्छ ।

यो एक किसिमको फोटो इलेक्ट्रिक उपकरण हो । यो आफैंमा पुनः प्रयोगयोग्य हुन्छ । जसलाई औंलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ ।

पल्स अक्सिमिटरका फाइदा

आजकल बजारमाबिभिन्न थरीथरीका पल्स अक्सिमिटर पाइन्छ । यसका आफ्नै छुट्टै विशेषता हुन्छन् । तर यसबाट हुने फाइदा भने समान खालको हुन्छ ।

सबैभन्दा मुख्य फाइदा भनेको त फोक्सोमा निमोनियाको मात्रा आकाशिनुपूर्व नै यो प्रविधिको प्रयोगले हामीलाई सचेत गराउन मद्दत गर्र्छ । पल्स अक्सिमिटरले शरीरको स्वास्थ्य परीक्षणमा निम्न फाइदा गर्छ ।

  • १) समयको साथमा अक्सिजनको मात्राबारे निरीक्षण गर्न
  • २) विशेषगरी नवजात शिशुहरूमा अक्सिजनको कमीका कारण खतरनाक स्थितिबारे सूचना दिन
  • ३)दीर्घकालीन श्वासप्रश्वास वा हृदयसम्बन्धी समस्या भएका मानिसहरूको मानसिक स्थितिको विश्लेषण गर्न ।
  • ४)पूरक अक्सिजनको लागि आवश्यकता मूल्यांकन गर्न ।


 म नियमित आफ्नो शरीरमा अक्सिजनको मात्रा परीक्षण गरिरहनु स्वस्थेको लागि राम्रो हुनेछ  । यद्यपि केही पल्स अक्सिमिटर सहायक उपकरणहरू अहिले स्मार्टफोनमा पनि जोड्ने गरिएको पाइन्छ ।

- के हो त अक्सिजनको लेभल ?

शरीरमा भएको रगतमा अक्सिजनको मात्रालाई पर्सेन्टेजको आधारमा नाप्ने गरिन्छ । शरीरमा रहेको रातो रक्त समूहको आधारमा शरीरमा अक्सिजन स्याचुरेसनलाई पर्सेन्टेजमा बताउने गरिन्छ । उदाहरणको लागि यदि कुनै पनि व्यक्तिको अक्सिजन लेभल ९६ प्रतिशत देखाएको छ भने रगतमा अक्सिजनको मात्रा केवल ४ प्रतिशतको कमी छ ।

-कति हुन्छ स्वस्थ व्यक्तिमा अक्सिजनको लेभल ?

जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

-कसरी गर्ने अक्सिजनको लेभल परीक्षण ?

अक्सिजनको लेभल परीक्षणको लागि उपयुक्त विधि भनेको अक्सिमिटरको प्रविधि उपयुक्त हुन्छ । यसको बीचमा औंला राख्दा यसभित्र एक किसिमको बत्ती बलेको देखिन्छ । यसले रक्तकोषको रंग र त्यसको हलचललाई ‘डिटेक्ट’ गर्ने गर्छ ।


Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. How to get a no deposit bonus on slot machines - DrMCD
    You can get a casino bonus for online slot machines 양산 출장마사지 that are available. slot 김포 출장샵 machines that 남양주 출장안마 are available, 동해 출장마사지 so you can deposit and withdraw at least $10. 안동 출장안마

    ReplyDelete